सन्राइज बैंकका ग्राहकलाई होटल अन्नपूर्णमा १५ प्रतिशतसम्म छुट

काठमाडौं, २२ माघ । सन्राइज बैंकका ग्राहकहरुले होटेल अन्नपूर्ण र त्यसअन्तर्गतका अन्य रेष्टुरेन्टमा १५ प्रतिशतसम्म छुट पाउँने भएका छन् । डेबिट र क्र्र्रेडिट कार्डमार्फत भुक्तानी गरी बैंकका ग्राहकहरुले उक्त छुट प्राप्त गर्न सक्ने छन् ।

सम्झौताअनुसार सन्राइज बैंकका ग्राहकहरुले होटल अन्नपूर्णका विभिन्न सेवा तथा सुविधा प्रयोग गर्दा विशेष छुट प्राप्त हुने छ । काठमाडौको दरवारमार्गस्थित होटल अन्नपूर्ण र उक्त होटलले सञ्चालन गर्दै आएको चितवन स्थित जगतपुर लज र पोखरास्थित फिस्टेल लजमा फुड, वेभेरेज र बेकरी आईटमहरुमा बैंकका ग्राहकहरुले छुट प्राप्त गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *