राष्ट्रिय वाणिज्य बैंकको एटीएम सेवा भक्तपुर दरबार स्क्वायरमा

काठमाडौं, २२ माघ । राष्ट्रिय वाणिज्य बैंकले भक्तपुर दरबार स्क्वायर क्षेत्रमा एटीएम सेवा सञ्चालनमा ल्याएको छ । उक्त एटीएम सेवाको भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले बुधबार उद्घाटन गरेका हुन् ।

उक्त एटीएम सेवाको उद्घाटन कार्यक्रममा नगर प्रमुख प्रजापतिले सांस्कृतिक तथा पुरातात्विक महत्वको विश्व सम्पदा सूचिमा रहेको भक्तपुर दरबार स्क्वायर क्षेत्रमा सरकारी बैंकको सेवाले यस क्षेत्रको महत्व बढेको बताए । अन्य सम्भावित क्षेत्रमा पनि बैंकले बैंकिङ्ग सेवा दिनुपर्ने उनले आवश्यकता रहेको बताए । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले संभावित क्षेत्रमा बैंकिङ्ग सेवा दिने बताए । उक्त एटीएमबाट २४ सै घण्टा सेवा उपलब्ध श्रेष्ठले जानकारी दिए ।

बैंकले हाल २ सय ३८ वटा शाखा कार्यालय, २ सय ५ वटा एटीएम र ९३ वटा शाखा रहित बैंकिङ्गमार्फत सेवा दिँदै आएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *