नेपालका पहिलो टेलिभिजन कर्मी दुर्गानाथ शर्माको निधन
काठमाडौं, २२ माघ । नेपाल टेलिभिजनको स्थापना कालदेखि लामो समयसम्म समाचार वाचक र कार्यक्रम प्रस्तोताको रुपमा काम गरेका पत्रकार दुर्गानाथ शर्माको निधन भएको छ । उनको काठमाडौं महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा निधन भएको हो ।
शर्मा मुटुसम्बन्धी समस्याबाट पीडित थिए । उनको ७२ वर्षमा मृत्यु भएको हो ।
२०४२ सालमा नेपाल टेलिभिजनको प्रशारण सुरु हुँदादेखि काम गरेका शर्माले टेलिभिजनको महाप्रबन्धकसम्म भई काम गरेका थिए ।