Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

मौद्रिक नीतिलाई समय सापेक्ष परिमार्जन गरिने

मौद्रिक नीतिलाई समय सापेक्ष परिमार्जन गरिने

काठमाडौं, २२ माघ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले मौद्रिक नीतिमा रहेका असहजतालाई परिमार्जन गरेर अघि बढ्ने बताएका छन् । मौद्रिक नीतिको समिक्षाको पूर्वसन्ध्यामा काठमाडौंमा आयोजित अन्तक्र्रिया कार्यक्रममा गभर्नर डा. नेपालले वित्तीय स्थायित्वलाई पहिलो प्राथमिकतामा राख्ने भन्दै मौद्रिक नीतिमा भएका ससहजतालाई परिमार्जन गरेर अगाडि बढ्ने बताएका हुन् ।

त्यस्तै कार्यक्रममा अनुसन्धान विभागका कार्यकारी निर्देशक गुणाकर भट्टले अन्तर्राष्ट्रिय अर्थतन्त्रबाट नेपालसमेत प्रभावित हुने जानकारी दिए । साथै कार्यकारी निर्देशक भट्टले अहिले सोधानान्तर स्थिति मजवुत भएको र निक्षेपको वृद्धि ४ प्रतिशत भएको बताए । निजी क्षेत्रतर्फ प्रवाह भएको कर्जा ७.३ प्रतिशत रहेको पनि जानकारी दिए ।

कार्यक्रममा निजी क्षेत्रका प्रतिनिधिहरुले बैंक तथा वित्तीय संस्थाहरुले महंगो दरमा ऋण प्रवाह गर्ने र चर्काे सेवा शूल्क लिने गरेकोमा आफूहरु हइरान भएको बताए । यसबाट उद्योग व्यवसाय धरासाही बन्दै गएको उनीहरुको भनाई छ । त्यस्तै बैंक तथा वित्तीय संस्थाले कारोबार गर्दा अनावश्यक कागजात पेश गर्न लगाउँने हुँदा त्यसलाई सहज बनाईदिन केन्द्रीय बैंकसँग आग्रह गरे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x