नेप्से परिसूचक ५.३१ अंकले वृद्धि, १ अर्बभन्दा बढीको कारोबार

काठमाडौं, २२ माघ । साताको चौथो कारोबार दिन बुधबार (आज) नेप्से परिसूचक ५.३१ अंकले वृद्धि भएको छ । आज नेप्से परिसूचक वृद्धि भएसँगै बजार १३४२.३६ विन्दुमा पुगेको छ । त्यस्तै १ अर्ब ८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

१ सय ७७ कम्पनीको ३२ लाख ६० हजार १ सय ९८ कित्ता सेयर खरिद विक्री भएको छ । सर्वाधिक सेयर खरिद विक्री सिभिल बैंकको भएको छ । उक्त बैंकको १३ करोड ६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *