Date

आइत, मंसिर २३, २०८१
Sun, December 8, 2024

टेलिकमका कर्मचारीको आन्दोलन निरर्थक : सञ्चारमन्त्री बास्कोटा

टेलिकमका कर्मचारीको आन्दोलन निरर्थक : सञ्चारमन्त्री बास्कोटा

काठमाडौं, २२ माघ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले नेपाल टेलिकमका कर्मचारीको आन्दोलनलाई निरर्थक औल्याएका छन् । बुधबार नेपाल टेलिकमको १६ औं बार्षिकोत्सव कार्यक्रममा केही कर्मचारीहरुले विभिन्न नाराका साथ पर्चा पम्पलेट समातेर आन्दोलन गरेकोमा उनले खेद प्रकट गरेका हुन् ।

उक्त कार्यक्रममा प्रमुख अतिथि रहेका मन्त्री बास्कोटाले कर्मचारीहरुलाई आफ्नै कम्पनीलाई माया गर्न छोडेर आन्दोलन गर्नु सवल पक्ष नभएको बताए । कम्पनीलाई आफ्नो ठानेर काम गरे कम्पनी र कर्मचारीकै हित हुने उनको भनाई छ ।

नेपाल टेलिकमले छोटो समयमै नेपालका सबै जिल्लामा फोरजी सेवा पुर्याउन सफल भएको तथा कर्मचारी संरचनामा समेत उल्लेख्य सुधार भएको उनले बताए ।

मन्त्री बास्कोटाले राजनीतिको नाममा कम्पनीलाई कुनै किसिमको अप्ठ्यारो हुने काम नगर्न आन्दोलनरत कर्मचारीलाई निर्देशन दिएका छन् । कर्मचारीले कम्पनीका विरुद्ध गरेका विभिन्न कामहरु पूर्ण रुपमा निस्तेज पार्न आफू लागिरहेको बताउदै पनि जानकारी दिए । कर्मचारीले कम्पनीका विरुद्ध गरेका हरेक क्रियाकलापको अब हिसावकिताव राख्ने उनको भनाई छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x