Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

एनआईसी एशिया र सूर्या लाइफ बीच डिजिटल भुक्तानी सम्बन्धी समझदारी

एनआईसी एशिया र सूर्या लाइफ बीच डिजिटल भुक्तानी सम्बन्धी समझदारी

काठमाडौँ, २३ माघ । एनआईसी एशिया बैंक र सुर्या लाइफ इन्स्योरेन्स बिच विभिन्न डिजिटल भु्क्तानीको बिषयमा समझ्दारी भएको छ । डिजिटल भुक्तानीको प्रयोग गरि सूर्या लाइफ इन्स्योरेन्सको बीमा शूल्क, पोलिसी लोनको ब्याज, किस्ता लगायत विभिन्न शुल्क बुझाउन सकिने गरि दुई कम्पनीबीच समझदारी भएको हो ।

उक्त समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गरेका छन् । बैंकले डिजिटल भुक्तानीलाई व्यापकता दिदै आइरहेकामा पछिल्लो पटक सूर्या लाइफ इन्स्योरेन्ससँगको समझदारीले ग्राहकहरु थप लाभान्वित हुने बैंकले जनाएको छ । बैंकको मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४४१ एटिएम, १०४ वटा एक्स्टेन्सन काउण्टर एवंम् ४८ वटा शाखा रहित कार्यलयहरु छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x