Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

श्रम मन्त्रालयको लक्ष्य अनुसार ७० प्रतिशत प्रगति

श्रम मन्त्रालयको लक्ष्य अनुसार ७० प्रतिशत प्रगति

काठमाडौ, २३ माघ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बार्षिक योजना अनुसार ७० प्रतिशत लक्ष्य अनुसार प्रगति गरेको दाबी गरेको छ । श्रम मन्त्री रामेश्वर राय यादवको अध्यक्षमा बुधबार मन्त्रालयमा महाशाखा प्रमुखहरु बिच बसेको बैठकले उक्त विवरण प्रस्तुत गरेको हो । मन्त्रालयका अनुसार २८.८ प्रतिशत कार्य प्रगतिको क्रममा छ । शून्य दशमलव ७ प्रतिशत कार्य शुरु हुन बाँकी छ ।

छलफलमा मन्त्री यादवले सरकारको नीति बमोजिम आन्तरिक रोजगारी प्रबद्धन हुने गरी रोजगारीका क्षेत्र र सम्भावना खोजी गरिनु पर्ने बताए । साथै सीपमुलुक तालिमलाई थप प्रभावकारी बनाउँनुपर्ने र आन्तरिक रोजगारी, स्वरोजगारी र बैदेशिक रोजगारी समेतलाई उपलब्धी मुलुक बनाउन सहज पुग्ने गरी कार्य गर्नुपर्ने बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x