Date

शुक्र, पुस २६, २०८१
Fri, January 10, 2025

नेप्से परिसूचक ८.६७ अंकले घट्यो, १ अर्ब ४ करोडको कारोबार

नेप्से परिसूचक ८.६७ अंकले घट्यो, १ अर्ब ४ करोडको कारोबार

काठमाडौं, २३ माघ । साताको अन्तिम कारोबार दिन बिहीबार (आज) नेप्से परिसूचक घटेर बन्द भएको छ । गत कारोबार दिन ५.३१ अंकले वृद्धि भएको नेप्से परिसूचक आज ८.६७ अंक घटेर १३३३.६९ विन्दुमा रोकिएको हो ।

१ सय ७५ कम्पनीको २८ लाख १ हजार ८ सय ३ कित्ता सेयर १ अर्ब ४ करोड ९३ लाख रुपैयाँमा खरिद विक्री भएको हो । सबैभन्दा बढी सेयर कारोबार गुँरास लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । उक्त कम्पनीको ४ करोड ५८ लाख रुयैयाँभन्दा बढिको सेयर खरिद विक्री भएको छ । ५ वटा कम्पनीको ३ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।
सबैभन्दा बढी कमाउनेमा ग्रीन डेभलपमेन्ट बैंकका सेयरधनीहरु रहेका छन् । त्यस्तै सबैभन्दा बढी गुमाउनेमा नेपाल फाइनान्स लिमिटेडका सेयरधनीहरु रहेका छन् ।

आज कारोबारमा आएका १२ समूहमध्ये २ समूहको परिसूचक वृद्धि भएको छ भने बाँकी समूहहरुको परिसूचक घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x