Date

शुक्र, अशोज १२, २०८०
Fri, September 29, 2023

एनएमबि बैंक र तीन उद्यमी संघबीच सहुलियत कर्जा सम्बन्धी सम्झौता

एनएमबि बैंक र तीन उद्यमी संघबीच सहुलियत कर्जा सम्बन्धी सम्झौता

काठमाडौं, २४ माघ । एनएमबि बैंक लिमिटेडले तीन उद्यमी संघहरुसँग सहुलियत कर्जा सम्बन्धी सम्झौता गरेको छ । बैंकले शुक्रबार एक कार्यक्रम आयोजना गरी नेपाल हाते कागज उद्यमी संघ, राष्ट्रिय अल्लो उद्यमी संघ नेपाल र नेपाल उद्यमशील महिला महासंघसँग उक्त सम्झौता गरेको हो । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी., हाते कागज उद्यमी संघका अध्यक्ष नरेन्द्र बहादुर साउद, अल्लो उद्यमी संघका अध्यक्ष बुद्धि पुर्जा मगर, उद्यमशिल महिला महासंघकी अध्यक्ष देबिका बुढाथोकीले हस्ताक्षर गर्नु भएको हो ।

सम्झौताअनुसार बैंकबाट संघका सदस्यहरुको क्षमता अधिवृद्धि, वित्तीय परामर्श, खाता सञ्चालन तथा सहुलियत कर्जा प्रदान गर्ने एक आपसमा सहकार्य हुने छ । बैंकले देशको अर्थतन्त्रमा योगदान दिने क्षेत्रमा आफ्ना स्रोत र साधनलाई परिचालन गरेर अगाडि बढ्ने जानकारी दिएको छ । यो सम्झौताले आन्तरिक उत्पादनलाई सहयोग पुग्नुकासाथै रोजगारी सिर्जना वृद्धि हुने अपेक्षा गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x