Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

गुणस्तरहीन बस्तु उत्पादन गरेपछि तीन उद्योग कारवाहीमा

गुणस्तरहीन बस्तु उत्पादन गरेपछि तीन उद्योग कारवाहीमा

काठमाडौं २४ माघ । गुणस्तर तथा नापतौल विभागले तीन स्टिल उद्योगलाई कारवाही गरेको छ । तोकिए भन्दा कम गुणस्तरको बस्तु उत्पादन गरे पछि उद्योगहरु कारवाहीमा परेका हुन् ।

विभागले रौतहटको गोदावरी स्टिल, रुपन्देहीको गोयन्का स्टिल र बाराको अशोक स्टिल कम्पनीलाई कारवाही गरेको हो । कम्पनीहरुले फलामे छडमा तोकिएको गुणस्तर नभएको पाइएपछि विभागले प्रदान गरेको गुणस्तर प्रमाणपत्र निलम्बन गर्दै उत्पादनमा रोक लगाएको हो । ती उद्योगलाई ‘गुणस्तर १९१’ प्रदान गरिएको थियो । विभागलेअशोक स्टिलको बजारमा रहेका आफ्ना उत्पादन फिर्ता लैजान निर्देशनसमेत दिइएको छ ।

विभागले गरेको गुणस्तर मापनमा गोदावरी स्टिलको टिएमटी बार ८ एमएम एफई ५०० डी डन्डीको बलियोपना अर्थात्, ०।२ प्रुफ स्ट्रिस–बलियोपनको घनत्व ५००।०० एन–एमएम स्क्वायर हुनुपर्ने थियो । तर, त्योभन्दा कम ४६१।०० एन–एमएम स्क्वायर मात्र भेटियो । त्यसैगरी, गोयन्का स्टिल्सको टिएमटी बार ८ एमएम र २५ एमएम साइज ९एफई ५००० को संकलित नमेना परीक्षण गर्दा बोन्ड टेस्ट तोकिएको गुणस्तर भेटिएन ।

त्यसैगरी अशोक स्टिलको टिएमटी बार १२ एमएम एफई ५०० को संकलित नमुनाको ‘इलोङ्गेसन’ कम्तीमा १२ प्रतिशत हुनुपर्ने थियो । तर, ११।६७ प्रतिशत मात्र भेटियो । यस्तो डन्डीको भारवहन क्षमता कमजोर भई कुनै प्राकृतिक विपत्ति आउँदा डन्डी भाँचिने सम्भावना बढी हुन्छ । विभागले यस्ता डन्डीसमेत फिर्ता ल्याउन निर्देशन दिएको पुडासैनीले जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x