Date

मङ्ल, अशोज २९, २०८१
Tue, October 15, 2024

परिसंघले निजी क्षेत्रका समस्या राष्ट्रपतिलाई सुनायो

परिसंघले निजी क्षेत्रका समस्या राष्ट्रपतिलाई सुनायो

काठमाडौं, २५ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले उद्योग व्यवसायीक क्षेत्रको उत्साह बढाएर मात्र देशको आर्थिक विकास तथा समृद्धि हासिल हुन सक्ने बताएकी छिन् । शीतल निवासमा नेपाल उद्योग परिसंघ (सीएनआई) को प्रतिनिधि मण्डलसँगको भेटमा राष्ट्रपति भण्डारीले सरकार र निजी क्षेत्रको सहकार्यबाट आर्थिक विकासले गतिलिन सक्ने उल्लेख गरिन् ।
नेपाल उद्योग परिसंघले समष्टिगत आर्थिक विकासका एजेण्डा, रोजगारी सृजना तथा निजी क्षेत्रले उठाएका समस्या समाधानमा चासो राख्दै समाधानका लागि पहल गर्ने राष्ट्रपतिको भनाइ थियो ।
भेटमा परिसंघका अध्यक्ष सतिश कुमार मोरले देशको आर्थिक विकास तथा उद्योग व्यवसायको वातावरण सुधारमा राष्ट्रपतिबाट प्राप्त सन्देश निकै महत्वपूर्ण रहेको बताए । सरकार र व्यवसायी बीचको विश्वासको वातावरण बनाउनपर्ने र यो वातावरणले मात्र आर्थिक विकासमा थप मद्दत पुग्न जाने तर्फ सीएनआईले राष्ट्रपतिको ध्यानाकर्षण गराएको थियो ।
यसैगरि परिसंघले राष्ट्रपति विद्यादेवी भण्डारीलाई नेपालको उद्यमशीलता प्रवद्र्धनका लागि विभिन्न साझेदारहरुसँगको सहकार्यमा आयोजना गर्न लागेको दोस्रो उद्यमशीलता सम्मेलनका बारेमा पनि जानकारी गराएको थियो ।
सो अवसरमा परिसंघका निवर्तमान अध्यक्ष हरिभक्त शर्मा, पदाधिकारीहरु, गभर्निङ्ग काउन्सिलका सदस्यहरु तथा परिसंघको युवा उद्यमी मञ्चका पदाधिकारीहरुले उद्योगी व्यवसायीहरुले भोगेका कानूनी झन्झट, विद्युत खपत बढाउने गरि महशुल तथा संरचनागत सुधारको आवश्यकता, आयात प्रतिस्थापन तथा निकासि प्रर्वद्धन मार्फत व्यापार घाटा कम गर्ने उपायहरु बारे आफ्नो धारणा सुनाएका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x