Date

बुध, कार्तिक २८, २०८१
Wed, November 13, 2024

ललिता निवास जग्गा धितोमा वित्तिय संस्थाको २ अर्ब कर्जा फस्यो

ललिता निवास जग्गा धितोमा वित्तिय संस्थाको २ अर्ब कर्जा फस्यो

पूर्ण प्रसाद चौलागाई २०७६ माघ २५ काठमाडौं । बालुवाटारस्थित ११३ रोपनी जग्गामा भएको हिनामिना पुष्टी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । प्रधानमन्त्री निवास पछाडिको यो जग्गामा धेरै विशिष्ट व्यक्तिहरुको समेत जग्गा भेटिएको थियो ।

मालपोतमा किर्तेगरी भूमाफियाले यो जग्गा कब्जा गरेका थिए । यसको विस्तृत अनुसन्धानपछि अख्तियारले मुद्दा दायर गरेसँगै यहाँको जग्गा धितोमा राखेर ऋण दिएका बैंक तथा वित्तिय संस्थाको ऋण डुब्ने भएको छ ।

सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा राखेर ऋण लिनेहरुको यो धितो खोटो साबित भएको छ । बैंक तथा वित्तिय संस्थाहरुले यहाँको जग्गा धितोमा २ अर्ब रुपैयाभन्दा बढी ऋण दिएका छन् ।

कसको कति ऋण ? (रुपैयाँ)
आइएमइ फाइनान्स (हाल ग्लोबल बैंक) – २ करोड ६० लाख
नेपाल बैंक– १ करोड रुपैयाँ
यति डेभलपमेन्ट बैंक (हालको महालक्ष्मी विकास बैंक)– ९८ लाख
नेपाल इन्भेस्टमेन्ट बैंक– १ अर्ब १२ करोड २० लाख
युनिक फाइनान्स– ३ करोड
ग्लोबल बैंक – ३ करोड ७५ लाख
लक्ष्मी बैंक– २८ करोड ७० लाख
हिमालयन बैंक – ३ करोड ३१ लख
बैंक अफ एसिया (हालको एनआइसी बैंक)– ७५ लाख ७८ हजार
काष्ठमण्डप डेभलपमेण्ट बैंक– १ करोड ४० लाख
नेपाल डेभलमपेन्ट एण्ड इम्प्लोयमेन्ट प्रमोशन बैंक – २० लाख
प्राइम कमर्सियल बैंक – २ करोड ४२ लाख
किस्ट बैंक (हालको प्रभु बैंक) – १० करोड

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x