Date

आइत, मंसिर २३, २०८१
Sun, December 8, 2024

राष्ट्रिय वाणिज्य बैंकको १२ प्रतिशत नगद लाभांश पारित

राष्ट्रिय वाणिज्य बैंकको १२ प्रतिशत नगद लाभांश पारित

काठमाडौं, २५ माघ । राष्ट्रिय वाणिज्य बैंकले आफ्ना सेयरधनी संस्थाहरुलाई गत आर्थिक वर्ष २०७५÷७६ को मुनाफाबाट चुक्ता पूँजीको १२ प्रतिशत अर्थात १ अर्ब ८ करोड ५ लाख रुपैयाँभन्दा बढी लाभांश वितरण गर्ने भएको छ । बैंकको गत शुक्रबार सम्पन्न १४ औं वार्षिक साधारण सभाले उक्त लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

बैंकले गत आवमा ५ अर्ब ५ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत आवमा बैंकले १ खर्ब ८९ अर्ब २६ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । बैंकको कुल सम्पत्ति २ खर्ब २६ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । त्यस्तै बैंकको १ खर्ब ४२ अर्ब कर्जा तथा सापट पुगेको छ ।

यस्तै बैंकले मुलुकका ७७ वटै जिल्लामा बैंकिङ सेवा दिँदै आएको छ । यसैगरी बैंकले प्रतिस्प्रधि बैंकिङ बजारमा क्लिन तथा स्मार्ट आरबीबी अभियान अघि सार्दै मानव संशाधन व्यवस्थापनलाई मजबुत गर्नका लागि स्वदेशी एवंम विदेशी कर्मचारीलाई तालिमसमेत दिँदै आएको छ । राष्ट्रिय वाणिज्य बैंक सरकारी स्वामित्वमा रहेको एउटा अग्रज बैंकका रुपमा रहँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x