म्यानमा नयाँ कार्यसमिति चयन
काठमाडौं, २७ माघ । नेपाल व्यवस्थापक संघ (म्यान)को अध्यक्षमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ निर्विरोध चयन भएका छन् ।
त्यस्तै संघको प्रथम उपाध्यक्षमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक बम बहादुर मिश्र चयन भएका छन् । द्वितिय उपाध्यक्ष र महासचिव भने मतदानबाट चुनिएका हुन । उपाध्यक्षमा आइएमई रेमिट्यान्सका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र महासचिवमा कृषि विकास बैंकका धर्मानन्द अवस्थी चुनिएका छन् ।
कोषाध्यक्षमा अनु जोशी सहित ११ सदस्यिय कार्यसमिति चयन भएको छ।