
काठमाडौं, २७ माघ । महालक्ष्मी लाईफ इन्स्योरेन्सले कार्य संचालनको एक वर्ष पुरा भएको छ। कम्पनी गत वर्षको माघ २७ गते देखि सेवा सुरु गरेको थियो ।
कम्पनीले एक वर्षको अवधिमा ३८ जिल्लामा ६० वटा शाखा, उपशाखा संचालन गरि सकेको छ। त्यसै गरी ६० जिल्लामा अभिकर्ता तालिम संचालन गरी बीमा समितिबाट इजाजत लिएर ७ हजार ३ सय २३ अभिकर्ताहरु कम्पनीमा कार्यरत रहेको जनाइएको छ।
त्यस्तै कम्पनीले ९ वटा बीमा योजना प्रचलनमा ल्याएको छ। त्यसबाट कुल ५६ करोड रुपैयाँ बीमा शुल्क संकलन गर्न गरेको जनाइएको छ। चालु आर्थिक वर्षमा थप २५ वटा शाखा,उपशाखा संचालन गरी प्रथम बीमा शुल्क संकलनमा अर्ब क्लवमा पुग्ने लक्ष्य लिएको छ।
Leave a Reply