Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

युटिलिटी करिडोर कार्यान्वयनमा जोड

काठमाडौं, २७ माघ । सुचना प्रविधि तथा सञ्चार मन्त्री एवम् शहरी विकास मन्त्री गोकुल बास्कोटाले युटिलिटी करिडोरको योजना कार्यान्वयन गर्ने हो भने अनिवार्य गर्नुपर्ने बताए । अनिवार्य नगर्ने हो भने अहिलेकै परिस्थिति बारम्बार दोहोरी रहने उनले दाबी गरे । ‘अहिलेकै संरचनाबाट काम गर्दै जाउ । मापदण्ड भत्काउँनेलाई दण्डको व्यवस्था गरौ,’ उनले भने । साथै मन्त्री बास्कोटाले युटिलिटी करिडोर कार्यान्वयनका लागि विद्येयक ड्राफट गरिएको र गाईडलाईन समेत बनि सकेको उनले बताए ।

त्यस्तै भौतिक पूर्वाधार तथा मन्त्री बसन्त कुमार नेम्बाङ्गले नयाँ संरचना निर्माणमा अनिवार्य रुपमा युटिलिटी करिडोर कार्यन्वयन गर्नुपर्ने बताए । खानेपानी मन्त्री बिना मगरले पनि व्यवस्थित शहर निर्माणका लागि यूटिलिटि करिडोर योजना कार्यान्वयनको विकल्प नरहेको बताईन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x