नेप्से झिनो अंकले बढ्यो, शिवम् सिमेन्टको सर्वाधिक कारोबार

काठमाडौं, २७ माघ । सोमबार (आज) सेयर बजारमा झिनो अंकले सुधार आएको छ । आज बजार ४.२८ अंकले बढेर १३२४.२६ विन्दुमा चढेको छ ।

बजार सुधारिएको आजको दिन कारोबारमा आएका १२ समूह मध्ये ४ समूहको उपसूचमा गिरावट आएपनि अन्य भने सुधारिएको छ । कारोबार भने १ सय ७५ कम्पनीको ९३ करोड २० लाख ८६ हजार रुपैयाँको भएको छ । सबैभन्दा धेरै कारोबार शिवम् सिमेन्टको भएको छ । सो कम्पनीको १३ करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

त्यस्तै सबैभन्दा धेरै कमाउनेमा भने सिभिल लघुवित्त वित्तीय संस्था छ । सो संस्थाको सेयर मूल्य आज ८.१० अंकले बढेको छ ।

केही दिन देखि बजारमा सुस्तता छाएको छ। तर आज बजारको बृद्धिसँगै पुनः सुधारको संकेत देखिएको विश्लेषण लगानीकर्ताहरुले गरेका छन् । निकै लामो समयसम्म घटेको बजार बढ्न थालेपछि लगानीकर्ताहरु सुखी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *