Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

जनवरीमा नेपाल घुम्ने पर्यटक घटे

जनवरीमा नेपाल घुम्ने पर्यटक घटे

काठमाडौं, २७ माघ । सन् २०२० को पहिलो महिना जनवरीमा नेपाल घुम्न आउने पर्यटकको संख्या घटेको छ । नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार जनवरीमा ७९ हजार ६ सय ८६ पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो संख्या गत वर्षको पहिलो महिनाको तुलनामा १ हजार ५ सय ८७ जना कम हो ।

भारतबाट १६ हजार ८ सय ८२ जना र चीनबाट १३ हजार ३ सय ३ जना पर्यटक नेपाल आएका छन्। गत वर्षको तुलनामा भारतबाट आउने पर्यटकको संख्या बढेपनि चीनबाट आउनेको संख्यामा भने घटेको छ । चीनमा फैलिएको कोरोना भइरसको प्रकोपका कारण नेपाल आउने पर्यटकको संख्या घटेको हो ।

सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य सहित नेपाल भ्रमण वर्ष मनाई रहेको छ । तर पहिलो महिनामै पर्यटक आगमन कम भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x