Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

पूँजीबजारको स्थायित्वका लागि आरटीजीएस प्रणालीमा जानु पर्छ : अध्यक्ष ढुंगाना

पूँजीबजारको स्थायित्वका लागि आरटीजीएस प्रणालीमा जानु पर्छ : अध्यक्ष ढुंगाना

काठमाडौं, २ फागुन । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले पूँजीबजारको सुधारका लागि सेयर बजार रियल टाइम ग्रस सेटलमेन्ट ९आरटीजीएस० मा जानु पर्ने बताएका छन् । शुक्रबार नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०ले आयोजना गरेको पूँजीबजार तथा नेप्से अनलाईन कारोबार प्रणालीसम्बन्धी अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ढुंगानाले अहिले भईरहेको सेटलमेन्टलाई बढाउँन जरुरी रहेको बताएका हुन् । उनले भने–‘राष्ट्र बैंक आटीजीएस प्रणालीमा गईसकेको अवस्था छ । अब पूँजी बजारलाई स्थायित्व दिन सेयर बजार पनि आरटीजीएस प्रणालीमा जान आवश्यक छ ।’

त्यस्तै अध्यक्ष ढुंगानाले अहिले भईरहेको कारोबार समयलाई बढाउँनु पर्ने आवश्यकता रहेको बताए । यसमा आवश्यता परे थप अध्ययन गरी बजारलाई चलायमान बनाउँनु पर्ने उनको भनाई छ । वालेटमा भएको रकमबाट सर्वसाधारणले सेयर खरिद गर्न सक्ने व्यवस्था बनाउँनु पर्ने पनि बताए । त्यसको लागि नेप्सेमा भएका प्राविधिक कुरालाई सुधार गर्न आवश्यक रहेको उनको भनाई छ ।

कार्यक्रममा नेप्सेका अध्यक्ष लक्ष्मण न्यौपानेले ब्रोकरलाई काम गर्न असहज भएको खण्डमा ऐन, नियम र कानुन संशोधन गरेर अगाडि बढ्न नेप्से तयार रहेको बताए । समयसँगै बजारलाई विस्तार गर्नुपर्ने भएको भन्दै अध्यक्ष न्यौपानेले ब्रोकरहरुलाई वेब पेजको जानकारी र तालिम लिन सुझाए । सेयर बजार प्रविधिमैत्री भएन भने विश्व बजारमा पछाडि पर्न सक्ने खतरा बढ्दै जाने उनको भनाई छ ।

त्यस्तै नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले दैनिक अर्बभन्दा माथि कारोबार हुँनुमा अनलाईन प्रविधिको महत्वपूर्ण भूमिका रहेको बताए । अनलाई प्रविधिले देश तथा विदेशमा बसेर सेयर कारोबार गर्न सक्ने वातावरण मिलाइदिएकोले यो सम्भव भएको उनको भनाई छ । साउदले भने–‘सेयर बजारमा कारोबार अर्बभन्दा माथि पुग्न थालेको छ । यो अनलाईन प्रणालीको प्रभाव हो ।’ त्यस्तै बजारलाई विस्तार गर्नका लागि नेप्सेले प्राविधिक कुराहरुलाई सुधार गर्दै गइरहेको उनले जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x