Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

देवः विकास बैंकको जोरपाटी शाखा कार्यालय उद्घाटन

देवः विकास बैंकको जोरपाटी शाखा कार्यालय उद्घाटन

काठमाडौं, ७ फागुन । देवः विकास बैंक लिमिटेडले गोकर्णेश्वर नगरपालिका, वडा नं ६ मा जोरपाटी शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको उद्घाटन बैंक सञ्चालक समितिका सदस्य भरत बहादुर हमालले गरेका हुन् ।

कार्यक्रममा सञ्चालक समितिका सदस्य हमालले गुणस्तरीय सेवा विस्तारमा बैंकले जोड दिने जानकारी दिए । उनले यस क्षेत्रबाट संकलित निक्षेपलाई यहीँ क्षेत्रको व्यापार व्यवसायमा लगानी गर्ने र स्थानीय उद्यमशीलताको विकासका लागि सहकार्य गर्ने बताए ।

कार्यक्रममा गोकर्णेशवर नगरपालिका, वडा नं ६ का अध्यक्ष रमेश अर्यालले बैकिङ्ग गतिविधिको विस्तारबाट समग्र नगरपालिका क्षेत्रमा नै आर्थिक गतिविभिको विस्तार हुने आफू ढुक्क भएको बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x