सेञ्चुरी बैंकको स्वतन्त्र संचालकमा प्रधान
काठमाडौं, ७ फागुन । सेञ्चुरी कमर्सियल बैंकको स्वतन्त्र सञ्चालकमा प्रा.डा. गीता प्रधानलाई नियुक्त गरिएको छ । बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले प्रधानलाई स्वतन्त्र संचालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
हाल बैंकले १ सय १३ शाखा कार्यालय, १० वटा एक्स्टेन्सन काउन्टर र १५ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा दिँदै आएको छ ।