Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

बैंक अफ काठमाडूद्वारा कियोचलाई एक करोड सहयोग प्रदान

बैंक अफ काठमाडूद्वारा कियोचलाई एक करोड सहयोग प्रदान

काठमाडौं, ७ फागुन । बैंक अफ काठमाडूले २५ औँ वार्षिकोत्सवको अवसरमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) लाई एक करोड रुपैयाँ सहयोग गरेको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल र बैंक अफ काठमाडूका संचालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठले संयुक्तरुपमा कियोचका अध्यक्ष प्रा.डा. भगवान कोइरालालाई एक करोड रुपैयाँको चेक हस्तान्तरण गरे ।

कियोचको प्रस्तावित अस्पतालमा इन्टेन्सिभ केयर युनिट निर्माणका लागि सहयोग सदुपयोग गरिने जनाइएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x