Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

आयोग राष्ट्रिय सभा निर्वाचनको तयारीमा, यस्तो छ निर्वाचन कार्यतालिका

आयोग राष्ट्रिय सभा निर्वाचनको तयारीमा, यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं, ७ माघ । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि मतदाता नामावली प्रकाशन गरेको छ । आगामी २४ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि आयोगले आज प्रारम्भिक मतदाता नामावली प्रकाशन गरेको हो ।

आज प्रकाशित मतदाता नामावली उपर साँझ ५ बजेसम्म दावी विरोधको उजुरी दिन पाइने छ । आयोगबाट प्रदेशगत रूपमा मतदाता नामावली तयार गरी निर्वाचन अधिकृतको कार्यालयमा पठाउने र दावी विरोध लगायतका प्रक्रिया सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट सञ्चालन हुने प्रवक्ता नवराज ढकालले जानकारी दिए । मंगलबार मतदाताको अन्तिम नामावली प्रकाशन गरी माघ १० गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने, १५ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने र माघ २४ गते बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदान सञ्चालन गर्ने गरी राष्ट्रिय सभा सदस्य निर्वाचन कार्यतालिका तयार पारेको छ ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख एवं प्रदेश सभाका सदस्य मतदाता रहने व्यवस्था छ । राष्ट्रिय सभा सदस्यमा प्रत्येक प्रदेशबाट ८ जना गरेर जम्मा ५६ जना निर्वाचित हुनेछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x