Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

मुक्तिनाथ विकास बैंकको दुई कर्जा योजना सञ्चालनमा

मुक्तिनाथ विकास बैंकको दुई कर्जा योजना सञ्चालनमा

काठमाडौं, १४ फागुन । मुक्तिनाथ विकास बैंकले अन्य बैंक तथा वित्तीय संस्थालाई लगानी गरेको कर्जालाई पुनः लगानी गर्न सकिने गरि ‘मुक्तिनाथ घर तथा पुँजी कर्जा’ योजना सञ्चालनमा ल्याएको छ।

आवासीय प्रयोजनका लागि आफ्नो वा एकाघर सदस्यको स्वामित्वमा रहेको घर, घडेरी , घरजग्गा तथा फ्ल्याट ÷अपार्टमेन्टमा भएको स्व–लगानीमा गरिने र अन्य बैंक तथा वित्तीय संस्थाले लगानी गरेको कर्जालाई पुनःलगानी गर्न सकिने गरि उक्त योजना ल्याएको जनाएको छ । कर्जा आकर्षक ब्याजदरमा १५ बर्षको लागि लिन सकिने बैंकले जनाएको छ ।

यसका साथै बैंकले ‘ मुक्तिनाथ सरल व्यवसायिक कर्जा ’ पनि सञ्चालनमा ल्याएको छ ।

बैंकको ४२ जिल्लामा रहेको १ सय ३४ वटा शाखाहरु मार्फत यो सेवा लिन सकिने जनाइएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x