Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

राष्ट्रिय सभा सदस्य मनोनयनको बिवाद, गौतम वा खतिवडा कसले मार्लान बाजी !

राष्ट्रिय सभा सदस्य मनोनयनको बिवाद, गौतम वा खतिवडा कसले मार्लान बाजी  !

काठमाडौं, १५ फागुन । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र आन्तरिक किचलो थप बढ्ने संकेत देखिएको छ । हिजोको सचिवालय बैठकले राष्ट्रिय सभा सदस्यमा उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गर्न निर्णय गरेपनि पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले त्यसलाई अस्वीकार गरेपछि पार्टी भित्रको आन्तरिक किचलो बाहिर आएको छ ।

यही फागुन २० गतेपछि अर्थमन्त्री डा. युवराज खतिवडाको राष्ट्रियसभा सदस्यको पदावधि समाप्त हुँदै छ । राष्ट्रियसभा सदस्यका लागि संक्रमणकालीन व्यवस्था अन्तर्गत भएको ‘चिठ्ठा प्रणाली’ मा खतिवडाको कार्यकाल दुई वर्षे कोटामा परेको थियो । उनको पदावधि सकिएपछि उक्त कोटामा उपाध्यक्ष गौतमलाई मनोनीत गर्न सचिवालयले निर्णय गरेको हो । तर सो निर्णयमा मौन बसेका प्रधानमन्त्रीले आफुलाई कमजोर बनाउने खेल भएको भन्दै गौतमलाई मनोनीत नगरि खतिवडालाई नै निरन्तरता दिने चेतावनी दिएका छन् ।

आफ्ना विश्वासपात्र अर्थमन्त्री खतिवडालाई पुनः राष्ट्रिय सभामा ल्याएर अर्थमन्त्रीमा निरन्तरता दिने प्रधानमन्त्रीको मनसाय छ । तर अन्यले भने गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउनुपर्ने पक्षमा देखिएका छन् ।

सचिवालय बैंकको उक्त निर्णयको पक्षमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल, शिर्ष नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ सहित ओली निकट मानिने महासचिव बिष्णु पौडेल देखिएका छन् । त्यसले पार्टी भित्र थप बिबाद चर्कने स्पष्ट संकेत देखिएको छ ।

उसो त अर्थमन्त्री खतिवडाले आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि आन्तरिक गृहकार्य सुरु गरिसकेका छन् । जेठ १५ मा बजेट पेश गर्नुपर्ने संबैधानिक व्यवस्था छ । मन्त्रिपरिषदमा सामेल हुन संघीय संसदको सदस्य हुनुपर्ने छ । तरपनि संघीय संसदमा नरहे पनि मन्त्रिपरिषदमा सामेल हुन बाटो बन्द हुने छैन । तर मन्त्रीमा नियुक्त भएको ६ महिनाभित्र संघीय संसदको सदस्य हुनुपर्ने संबैधानिक व्यवस्था छ । यो व्यवस्था अनुसार खतिवडाको स्थानमा गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गरेपनि अर्थमन्त्री खतिवडाले ६ महिनासम्म सरकारबाट बाहिरिनु पर्ने छैन । त्यसल गर्दा प्रधानमन्त्रीले चाहेको खण्डमा आगामी आर्थिक वर्षको बजेट खतिवडाले नै पेश गर्न पाउने छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x