Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

बैंक अफ काठमाण्डूको ‘बिओके स्मार्ट’ मार्फत टपअप गर्दा २५ प्रतिशत नगद फिर्ता योजना

बैंक अफ काठमाण्डूको  ‘बिओके स्मार्ट’ मार्फत टपअप गर्दा २५ प्रतिशत नगद फिर्ता योजना

काठमाडौं, १५ फागुन । बैंक अफ काठमाण्डूले ‘बिओके स्मार्ट मार्फत’ नेपाल टेलिकम तथा एनसेलको प्रिपेड र पोष्टपेड मोबाइलमा टपअप गर्दा ग्राहकले कारोबार रकमको २५ प्रतिशत नगद फिर्ता पाउने योजना सार्वजनिक गरेको छ । बैंकले २५ औँ वर्ष पूरा गरेको उपलक्ष्यमा ग्राहकहरुलाई उक्त योजना ल्याएको जनाएको छ।

नगद फिर्ता योजनाको सदुपयोगको लागि बिओके स्र्माटबाट गरिने पहिलो कारोबार अन्र्तगत पहिलो टपअप कारोबारमा गर्नुपर्ने छ । बैंकले ‘अब पाउनुहोस्, मोबाइल भुक्तानीमै आम्दानी ’ भन्ने मुलनाराका साथ सार्वजनिक गरेको उक्त योजना सिमित अवधिको लागि मात्र भएकोले छिटै लाभ लिन बैंकले आग्रह गरेको छ ।

हालसम्म बैंक अफ काठमाण्डूले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x