विद्यार्थीलाई लक्षित गरी प्रभु बैंकको ‘प्रभु गुडलक सेभिङ्ग’ योजना सार्वजनिक
काठमाडौं, १६ फागुन । प्रभु बैंक लिमिटेडले विभिन्न कलेजमा अध्ययनरत विद्यार्थी र कर्मचारीलाई लक्षित गर्दै आकर्षक सेवा सुविधासहितको ‘प्रभु गुडलक सेभिङ्ग’ निक्षेप योजना सञ्चालनमा ल्याएको छ । शूय मौजदातमा खाता खोल्न सकिने उक्त योजनामा बैंकको तर्पmबाट १ सय रुपैयाँ जम्मा गरिदिने व्यवस्था मिलाईएको बैंकले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ । यो योजनाअन्तर्गत खाता खोल्ने ग्राहकहरुलाई वार्षिक ६.५ प्रतिशत ब्याज, डिम्याट खाता, मेरो शेयर अनलाइन सेवा, डेबिट कार्ड, अन्तर शाखा कारोबार, इन्टरनेट बैंकिङ्ग, मोवाइल बैकिङ्ग लगायतका सेवाहरु निःशुल्क उपलब्ध हुनेछन् ।
यो योजनाअन्तर्गत खाता खोल्नेहरुलाई बैंकले आप्mनो सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेडसँगको सहकार्यमा सम्बन्धित कलेज तथा विश्व विद्यालयमै गएर पूँजीबजारसँग सम्बन्धित लगानीका अवसरहरु बारेमा व्यवहारिक ज्ञान तथा परामर्श प्रदान गर्ने व्यवस्था गरेको छ ।