Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

बैंकिङ्ग क्षेत्रले प्रविधिलाई व्यापक प्रयोग गर्न आवश्यक छ : अर्थमन्त्री खतिवडा

बैंकिङ्ग क्षेत्रले प्रविधिलाई व्यापक प्रयोग गर्न आवश्यक छ : अर्थमन्त्री खतिवडा

काठमाडौं, १६ फागुन । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकिङ्ग क्षेत्रलाई प्रविधिमैत्री र सुरक्षित बनाउँदै लैजान आवश्यक रहेको बताएका छन् । काठमाडौंमा आजबाट सुरु भएको २ दिनसम्म चल्ने ‘तेस्रो अन्तर्राष्ट्रिय वित्त तथा अर्थव्यवस्था सम्मेलन’लाई सम्बोधन गर्दै मन्त्री खतिवडाले आजको आवश्यकता प्रविधिलाई जोड दिनु रहेको बताएका हुन् । उनले भने–‘बैंकिङ्ग क्षेत्रमा प्रविधिको व्यापक प्रयोग गरेर ई–पेमेन्टलाई प्राथमिकता दिनु पर्छ । केही मात्रामा त्यसको सुरुवात त भएकै पनि छ । तर, त्यसलाई थप सुधार गर्न आवश्यक छ ।’ मुद्रा प्रणालीलाई व्यवस्थापन गर्न प्रविधिको प्रयोग आवश्यक रहेको उनको भनाइ छ ।

मन्त्री खतिवडाले विश्वमा यस्ता अभ्यासहरु व्यापक रुपमा भएको भन्दै सरकारको लक्ष्य अन्तर्राष्ट्रिय अभ्यासलाई अवलम्बन गर्दै अगाडि बढ्ने रहेकोले त्यसलाई साथ दिन बैंकहरुलाई आग्रह गरेका हुन् ।

त्यस्तै मन्त्री खतिवडाले देशमा लगानी मैत्री वातावरण बनेकोले आर्थिक वृद्धिलाई सहयोग गर्नसक्ने उत्पादन मूलक क्षेत्रमा लगानी गर्न पनि बैंक तथा वित्तीय संस्थालाई आग्रह गरे । यसलाई राष्ट्र बैंकले नै व्यवस्थापन गर्नुपर्ने उनको भनाई छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x