Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

पर्यटन वर्षको लक्ष्य पुरा गर्न होटल क्षेत्र सक्षम रहेको व्यवसायीको दावी

पर्यटन वर्षको लक्ष्य पुरा गर्न होटल क्षेत्र सक्षम रहेको व्यवसायीको दावी

झरना कँडेल
काठमाडौं, १६ फागुन । नेपाल भ्रमण वर्ष २०२० सुरु भएको २ महिना पुग्न लागेको छ । उक्त भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउँने सरकारी लक्ष्य छ । यो लक्ष्य पुरा गर्न पर्यटन व्यावसायीहरु पनि जोेडतोेडले लागिपरेका छन् । पर्यटकका भित्र्याउँन सर्वप्रथम विमान को आवश्यक पर्छ । दोस्रोमा पर्यटकीय सवारी र सुविधा सम्पन्न होटलको आवश्यकता पर्छ ।
भ्रमण वर्षको लक्ष्य पुरा गर्नका लागि होटल क्षेत्र पूर्ण रुपमा सक्षम रहेको होटल एशोसियशन नेपाल ‘हान’का उपाध्यक्ष विनायक शाहले बताए । उनले भने–‘समकालिन संसारमा तोकिएको मापदण्ड पुरा हुने गरी होटलको स्टान्डर्ड मेन्टेन गरेका छौं ।’

सात वटै प्रदेशमा भ्रमणका लागि नयाँ गन्तव्यको विकास भएसँगै पर्यटकलाई आवश्यक पर्ने होटलहरुको व्यवस्थापन भईसकेको उनी बताउँछन् । उनका अनुसार पछिल्लो समय होटल क्षेत्रमा लगानी बढ्दै गएको छ । नेपालमा अन्तर्राष्ट्रिय स्तरको होटलहरुको समेत बिस्तार भइसकेकाले पनि होटल क्षेत्रबाट पर्यटकका लागि कुनैपनि समस्या नहुने उनको भनाई छ ।

पछिल्लो समय कोरोना भाइरसको त्रासले गर्दा केहि मुलुकका पर्यटकहरुको आगमनमा कमी आएको भएपनि त्यो समस्या दीगो नरहने उनको भनाई छ । उनले नेपालमा कोरोना भाइरसको कुनै डर नभएको भन्दै यसबारे सकारात्मक सन्देश प्रवाह गर्न आवश्यक रहेको बताए ।
पर्यटन विभागका अनुसार नेपालमा हालसम्म ७ सय ७९ वटा पर्र्यटकस्तरका साधारण होेटल, निजी होमस्टे र सामुदायिक होमस्टे रहेका छन् । ५ तारे होटल १५ वटा रहेका छन् भने १५ वटा मध्ये पोखराको फूलबारी होटेल सञ्चालनमा नरहेको विभागले जनाएको छ । त्यस्तै ४ तारे १३ वटा, ३ तारे ३३ वटा, २ तारे ४३ र १ तारे ३५ वटा होटलहरु सञ्चालनमा रहेका छन् ।

आर्थिक वर्ष २०७४÷०७५ सम्ममा स्तर वर्गीकरण तथा स्तरोेन्नति भएका ६ सय ६० वटा तारे तथा पर्यटक स्तरका होटलहरु थिए । जसमध्ये आर्थिक वर्ष ०७५÷०७६ मा १६ वटा १ देखि ५ तारे होटलहरु नयाँ तथा थप स्तरोेन्नति भएको विभागको तथ्याङ्क छ ।

आर्थिक वर्ष २०७५÷०७६ मा ५ तारे होेटल ४ वटा, ४ तारे ७ वटा, ३ तारे ३ वटा, २ तारे एक ओटा र १ तारे ३ वटा थप थपिएका छन् भने पर्यटकस्तरका साधारण होटल ३४ वटा थप गरिएको छ ।

त्यस्तै ४ तारे १३ वटा, ३ तारे ३३ वटा, २ तारे ४३ र १ तारे ३५ वटा होटलहरु सञ्चालनमा रहेका छन् । आर्थिक वर्ष २०७४÷०७५ सम्ममा स्तर वर्गीकरण तथा स्तरोेन्नति भएका ६ सय ६० वटा तारे तथा पर्यटक स्तरका होटलहरु थिए । जसमध्ये आर्थिक वर्ष ०७५÷०७६ मा १६ वटा १ देखि ५ तारे होटलहरु नयाँ तथा थप स्तरोेन्नति भएको विभागको तथ्याङ्क छ ।

आर्थिक वर्ष २०७५÷०७६ मा ५ तारे होेटल ४ वटा, ४ तारे ७ वटा, ३ तारे ३ वटा, २ तारे एक ओटा र १ तारे ३ वटा थप थपिएका छन् भने पर्यटकस्तरका साधारण होटल ३४ वटा थप गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x