मुक्तिनाथ विकास बैंकद्वारा प्राणोदय आधारभूत विद्यालयलाई सहयोग

काठमाडौं, १६ फागुन । मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत श्री प्राणोदय आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई आवश्यक पर्ने सामग्री वितरण गरेको छ । बैंकले भक्तपुराको ठिमीस्थित आधारभूत विद्यालयलाई शैक्षिक तथा खेलकुदका सामाग्रीहरु वितरण गरेको हो ।

उक्त सामाग्री विद्यालयका प्राधानाध्यापक सरिता अधिकारीलाई बैक ठिमी शाखाका शाखा प्रमुख दिनेश श्रेष्ठले हस्तान्तरण गरेका हुन् । बैंकले हाल १ सय ३४ वटा शाखामार्फत सेवा दिँदै आएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *