Date

आइत, असार २२, २०८२
Sun, July 6, 2025

एनआईसी एशिया बैंकका ग्राहाक र कर्मचारीलाई अस्ट्रेक क्लाइम्विङमा विशेष छुट

एनआईसी एशिया बैंकका ग्राहाक र कर्मचारीलाई अस्ट्रेक क्लाइम्विङमा विशेष छुट

काठमाडौं, १६ फागुन । एनआईसी एशिया बैंकका ग्राहक तथा कर्मचारीहरूलाई अस्ट्रेक क्लाइम्बिङ प्रा.लि.ले वाल क्लाइम्बिङमा बिशेष छुट दिने भएको छ । उक्त छुट दिने सम्झौता शुक्रबार भएको हो । सम्झौतापत्रमा बैंकका वागमती प्रदेश डिजिटल सेल्स प्रमुख श्याम लामिछाने र कम्पनीका महाप्रबन्धक कमल घले गुरुङले हस्ताक्षर गरेका हुन् ।

समझदारीअनुसार बैंकको डेबिट÷क्रेडिट कार्ड वा मोबाइल बैंकिङ्ग सेवा प्रयोग गरि ठमेलमा रहेको उक्त कम्पनीले उपलब्ध गराउने सेवा प्रयोग गर्ने बैंकका ग्राहकहरुलाई लाग्ने शुल्कमा ३० प्रतिशत छुट हुनुका सथै बैंकका कर्मचाारीलाई ५० प्रतिशत छुट हुनेछ ।

हाल बैंकले ३ सय १९ शाखा कार्यालय, ४ सय ५० एटीएम, १ सय ६ वटा एक्स्टेन्सन काउण्टर र ५२ वटा शाखारहित बैंकिङ्गमार्फत् सेवा दिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *