Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

सुनको मूल्य १२ सय घट्यो

सुनको मूल्य १२ सय घट्यो

काठमाडौं, १८ फागुन । स्थानीय बजारमा सुनको मूल्य एकै दिनमा १ हजार २ सय रुपैयाँ घटेको छ । चीनमा फैलिएको कोरोना भाइरस र अमेरिका–चीन–भारतबीचको व्यापार युद्धका कारण लगातार बढेको सुनको मूल्यमा आज भने कमी आएको हो । हिजो प्रतितोल ७९ हजार २ सय रुपैयाँमा कारोवार भएको सुनको मुल्य आज घटेर प्रतितोला ७८ हजार रुपैयाँमा कारेबार भइरहेको नेपाल सुनचाँदी महासघंले जनाएको छ । गत साता फागुन १२ गते सुनको मूल्य हालसम्मकै उच्च विन्दु ८० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मुल्य पनि २० रुपैयाँ घटेको छ । हिजो प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर ८ सय ६० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x