बैंक अफ काठमाण्डूले ल्यायो भिसा नगद फिर्ता योजना

काठमाडौं, १९ फागुन । बैंक अफ काठमाण्डू लिमिटेडले ‘बिओके भिसा नगद फिर्ता योजना’ ल्याएको छ । बैंकका आफ्ना ग्राहकको लाभका लागि उक्त योजना सार्वजनिक गरेको हो ।

कार्ड बाहक ग्राहकहरुले नगद फिर्ता योजनाको सदुपयोगको लागि एक महिना भित्र पिओएस तथा इ–कमर्स कारोबार गर्दा ५ सय नगद फिर्ता पाउने छन् । जस अन्र्तगत एक महिना भित्र कम्तीमा २ वटा पिओएस कारोबार गर्दा २ सय ५० नगद फिर्ता पाउने बैंकले जनाएको छ ।

कम्तीमा २ वटा ई–कमर्स कारोबार गर्दा २ सय ५० नगद फिर्ता पाउने बैंकले जनाएको छ। उक्त नगद फिर्ता योजना अंग्रेजी क्यालेण्डर अनुसार लागु हुने छ । योजनाको उच्चतम फाइदा सदुपयोगको लागि प्रत्येक कारोबार ५ सय रुपैयाँ वा सो भन्दा बढिको हुनुपर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *