Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

अत्यावश्यक अवस्थाबाहेक विदेश नजान सरकारको आग्रह, अन्तर्राष्ट्रिय सभा,सम्मेलन पनि स्थगन

अत्यावश्यक अवस्थाबाहेक विदेश नजान सरकारको आग्रह, अन्तर्राष्ट्रिय सभा,सम्मेलन पनि स्थगन

काठमाडौं, १९ फागुन । नेपाल सरकारले अत्यावश्यक अवस्थाबाहेक विदेश नजान नेपालीलाई आग्रह गरेको छ । विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाको उच्च जोखिम भएको मुलुकमा सूचिकृत गरेपछि नेपाल सरकारले पूर्वसावधानी अपनाउदै यस्तो आग्रह गरेको हो ।

त्यसैगरी विवाह, पार्टीजस्ता कार्यलाई पनि पारिवारिक जमघटमा सिमित राख्न परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आग्रह गरे । त्यस्तै उनले भिडभाडमा नबस्‍न, लामो समय बाहिर नहिंड् र मास्कको प्रयोग गर्न पनि आग्रह गरे ।

नेपालमा आयोजना गर्ने सबै अन्तर्राष्ट्रिय सभा, सम्मेलन स्थगन गर्ने निर्णय पनि सरकारले गरेको छ। सरकारले आगामी चैतमा सगरमाथा संवाद कार्यक्रम गर्ने निर्णय गरेको थियो । उक्त संवाद कार्यक्रम पनि स्थगित गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x