Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

एनआईसी एशिया बैंकको नयाँ शाखारहित बैंकिङ्ग सेवा प्युठानको लामाचौरमा

एनआईसी एशिया बैंकको नयाँ शाखारहित बैंकिङ्ग सेवा प्युठानको लामाचौरमा

काठमाडौं, १९ फागुन । एनआईसी एशिया बैंकले प्युठानको लामाचौरबाट शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ । उक्त सेवाको स्वर्गद्वारी नगरपालिका वडा नं.९ लामाचौरका वडाध्यक्ष नर बहादुर बुढा मगरले उद्घाटन गरेका हुन् ।

सो सेवाको प्रतिनिधिको रुपमा बैंकले गोपाल कृष्ण बुढा मगरलाई नियुक्त गरेको छ । यो सेवा संचालन पछि सो क्षेत्रका स्थानीयवासीहरूले बैंकिङ सेवाका लागि लामो दूरीसम्म हिड्नुपर्ने वाध्यताको अन्त्य भई बैंकिङ्ग कारोबार गर्न सहज हुने बैंकले विश्वास लिएको छ । यो सहित बैंकले शाखा रहित बैंकिङ संजालको संख्या ५५ पुगेको छ ।

त्यस्तै बैंकले मुलुकभर ३ सय १९ शाखा कार्यालय, ४ सय ५१ एटिएम, १ सय ७ वटा एक्स्टेन्सन काउण्टर मार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको जानकारी दिइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x