Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

नेप्से परिसूचक बढेसँगै कारोबार रकममा पनि वृद्धि

नेप्से परिसूचक बढेसँगै कारोबार रकममा पनि वृद्धि

काठमाडौं, २० फागुन । सातको तेस्रो कारोबार दिन मंगलबार (आज) नेप्से परिसूचक बढेर बन्द भएको छ । हिजो ९६.०६ अंकले घटेको नेप्से परिसूचक आज १४.३७ अंक बढेर १५०९.६७ विन्दुमा रोकिएको छ ।

त्यस्तै आज कारोबार रकममा पनि वृद्धि भएको छ । हिजो २ अर्ब १५ करोड रुपैयाँको कारोबार भएकोमा आज १ अर्ब ५० लाख रुपैयाँको कारोबार वृद्धि भएको हो । १ सय ८१ कम्पनीको ८२ लाख ११ हजार २ सय ८९ कित्ता सेयर ३ अर्ब ८५ करोड रुपैयाँभन्दा बढीमा सेयर खरिद विक्री भएको छ । आज सबैभन्दा बढी सेयर कारोबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ । उक्त कम्पनीको ४० करोड ५५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो । त्यस्तै एनएमबि बैंक लिमिटेडको २५ करोड ९ लाखभन्दा बढीको सेयर कारोबार भएको छ ।

त्यस्तै कारोबारमा आएका १२ समूहमध्ये ३ समूहको परिसूचक गिरावट आएका छन् भने बाँकी समूहको परिसूचक वृद्धि भएका छन् । परिसूचक घट्नेमा उद्योग समूह, अन्य समूह र माइक्रोफाइनान्स समूह रहेका छन् । सर्वाधिक परिसूचक घट्नेमा माईक्रोफाइनान्स समूह रहेको छ । यो समूहको ४.६१ प्रतिश परिसूचक घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x