Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

अर्थमन्त्री डा. खतिवडाको राजीनामा स्वीकृत, अर्थमन्त्रीमा खतिवडाले नै निरन्तरता पाउने

अर्थमन्त्री डा. खतिवडाको राजीनामा स्वीकृत, अर्थमन्त्रीमा खतिवडाले नै  निरन्तरता पाउने

काठमाडौं, २० फागुन । अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । उनको राष्ट्रिय सभा सदस्यको कार्यकाल आज सकिने भएपछि पदबाट राजीनामा दिएका हुन् । उनको राजीनामा राष्ट्रपति बिद्यादेवी भण्डारीले स्वीकृत गरि खतिवडाले सम्हाल्दै अएका अर्थ र सञ्चार मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीलाई दिएकी छिन् । तर, अर्थमन्त्रीमा भने खतिवडाले नै निरन्तरता पाउने छ्न्।

नेकपा स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७८ अनुसार उनलाई अर्थमन्त्रीमा नियुत्त गर्ने छ्न् । धारा ७८ मा संघीय संसद्को सदस्य नभएको व्यक्तिलाई मन्त्री नियुक्त गर्न सकिने व्यवस्था रहेको छ । यसरी नियुक्त भएको मन्त्रीले सपथ लिएको ६ महिनाभित्र संघीय संसदको सदस्यता पाइसक्नु पर्नेछ ।

खतिवडा राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्यमा नियुत्त भयका हुन् । उनलाइै २ वर्षको चिट्ठा परेको थियो । अब, उनको ठाँउमा बामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय नेकपा सचिवालयले गरेको छ । तर, प्रधानमन्त्री ओली भने खतिवडालाई नै निरन्तरता दिने मनस्थितिमा छ्न् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x