Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

स्वास्थ्य मन्त्रालयले जारी गर्यो ट्राभल एडभाइजरी

स्वास्थ्य मन्त्रालयले जारी गर्यो ट्राभल एडभाइजरी

काठमाडौं, २१ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नोभेल कोरोना भाइरसको जोखिम बढ्दै गएको भन्दै नागरिकहरुका लागि ट्राभल एड्भाइजरी जारी गरेको छ । उक्त ट्राभल एड्भाइजरीमा सरकारले अत्यावश्यक अवस्थामा बाहेक चीन, जापान, कोरिया, इटली र इरानको भ्रमण नगर्न आग्रह गरेको छ । यी देशहरुमा कोरोनाको संक्रमण अधिक रहेको भन्दै सरकारले यस्तो आग्रह गरेको हो । त्यस्तै उल्लेखित देश भएर नेपाल आउने यात्रुहरुले नेपालको अध्यागमन बिन्दूमा स्वास्थ्य परिक्षण गर्नुपर्नेछ ।
त्यस्तै भारतसँगका मुख्य नाकाहरु पशुपतिनगर, काकडभिट्टा, जयनगर, रक्सौल, सुनौली, जमुनाह, गड्डाचौकीमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार स्वास्थ्य कक्ष स्थापना गरी स्थलमार्ग हुँदै आउने भारतीय यात्रुको स्वास्थ्य जाँच गरिनेछ ।
कोरोना भाइरस संक्रमणको उच्च जोखिम रहेका देशहरु र त्यी देश हुँदै तेश्रो मुलुकबाट आउनेले १४ दिन संगरोध (क्वारेन्टाइन) मा बस्नुपर्नेछ ।

त्यस्तै सरकारले भ्रमण वर्षसँग सम्बन्धित सबै प्रवद्र्धनात्मक कार्यक्रमहरु स्थगित गरेको घोषणा गरेको छ । २०२० को अप्रिल महिनाका लागि तय भएको सगरमाथा संवाद स्थगित भएको छ भने अन्य अन्तर्राष्ट्रि सभासम्मेलन आयोजना नगर्न सरकारले आग्रह गरेको छ । निजी र गैर सरकारी स्तरबाट हुन लागेका कार्यक्रहरु प्नि स्थगित गर्न आयोजकहरुलाई आग्रह गरिएको छ ।
नोभेल कोरोना भाइरसको संक्रमण उच्च भएका उल्लेखित पाँच मुलुकलाई अनअराइभल भीसा १० मार्चदेखि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको उल्लेछ । नेपाल भ्रमण गर्न चाहाने उल्लेखित मुलुकका नागरिकहरुले उक्त देशमा रहेका नेपाली नियोगहरुबाट आवश्यक प्रक्रिया पूरा गरी भीसा लिन सक्ने बताइएको छ । अद्यागमन विभागले फागुन १९ मा यससम्बन्धी व्यवस्थाबारे सूचित गरिसकेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x