नयाँ मन्त्रीको रुपमा खतिवडाले आज दिउँसो चार बजे सपथ लिदै
काठमाडौं, २१ माघ । डा.युवराज खतिवडाले आज दिउँसो चार बजे नयाँ अर्थमन्त्रीको रुपमा सपथ
ग्रहण गर्दै छन् । राष्ट्रिय सभा सदस्यको दुई वर्षे कार्यकाल हिजो सकिएपछि राजीनामा दिएका खतिवडाले आज दिउँसो चार बजे राष्ट्रपति विद्यादेवि भण्डारीबाट नयाँ मन्त्रीको सपथ लिन लागेका हुन ।
सरकारले संविधानको धारा ७८ अनुसार उनलाई पुनः अर्थमन्त्रीमा नियुत्त गरेको हो । धारा ७८ मा संघीय संसद्को सदस्य नभएको व्यक्तिलाई मन्त्री नियुक्त गर्न सकिने व्यवस्था रहेको छ । तर यसरी नियुक्त भएको मन्त्रीले सपथ लिएको ६ महिनाभित्र संघीय संसदको सदस्यता पाइसक्नु पर्नेछ ।
राष्ट्रिय सभामा खतिवडाको स्थानमा बामदेव गौतमलाई पठाउने निर्णय नेकपा सचिवालयले गरेको छ । तर, प्रधानमन्त्री ओली भने गौतमलाई सिफारिस नगरि पुनः खतिवडालाई नै निरन्तरता दिने मनस्थितीमा छन् । जसको कारण राष्ट्रिय सभा सदस्यको सिफारिस हुन सकेको छैन ।