Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

कोरोना भाइरसको प्रभाव : राजधानीको मुटु ठमेल सुनसान

कोरोना भाइरसको प्रभाव : राजधानीको मुटु  ठमेल सुनसान

काठमाडौं, २० फागुन । नोवेल कोरोना भाइरसका कारण पर्यटकीय नगरी ठमेल अहिले सुनसान बन्न थालेको छ । जहिल्यै विदेशी पर्यटकले भरिभराउ हुने पर्यटकीय नगरी ठमेलमा पर्यटकहरु आउँन छोडेपछि ठमेलका अधिकांश होटेल, रेष्टुरेन्ट र त्यहाँ रहेका विभिन्न किसिमका पसलहरु बन्द हुन थालेका छन् ।

चीनको वुहान सहरबाट फैलिएको भाइरस अन्य मुलुकमा पनि फैलनन थाले पछि नेपालले पनि विदेशी पर्यटकको आगमनमा पूर्ण रोक लगाइएकाले पर्यटक आउन छोडेपछि पर्यटकीय नगरी ठमेल सुनसान बनेको ठमेल बिकास परिषदका पूर्वअध्यक्ष एवं बरिष्ठ सल्लाहकार रामशरण थपलियाले बताए । योे समय पर्यटकीय सिजन भएको भए पनि हाल पहिल्यै होटेल बुकिङ्ग गरेका ७५ प्रतिशत पर्यटकहरुले बुकिङ क्यान्सील गरिसकेको थपलियाले बताए ।

पर्यटकनै आउन छोडेपछि १५ प्रतिशत ठमेलका व्यावसायीहरुले पसल बन्द गर्न गरेका उनले बताए । उनले भने–‘पहिले ७ बजे खुल्ने पसलहरु अहिले ११÷१२ बजे खुल्छन् । साझ ९ बजे सम्म खुल्ने पसल ५ बजे नै बन्द हुन थालेका छन् ।’ कोरोना भाइरसले नेपालको पर्यटन क्षेत्रमा ठुलो धक्का दिएको थपलियाले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x