Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

तिब्र विकासको लागि डिजिटल प्रविधिको आवश्यकता छ : सञ्चारमन्त्री डा. खतिवडा

तिब्र विकासको लागि डिजिटल प्रविधिको आवश्यकता छ : सञ्चारमन्त्री डा. खतिवडा

काठमाडौं, २० फागुन । सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले तिब्र विकासका लागि डिजिटल प्रविधिलाई आत्मसाथ गरेर अगाडि बढ्ने बताएका छन् । नेपाल दुरसञ्चार प्राधिकरणको २२औं वार्षिकोत्सवलाई सम्वोधन गर्दै मन्त्री खतिवडाले सरकारले डिजिटल नेपालको परिकल्पना गरेकोले त्यसालाई साकार बनाउँन प्रविधिको अधिक प्रयोग गरेर अगाडि बढ्ने बताएका हुन् । मन्त्री खतिवडाले त्यसलाई साकार पार्न प्राधिकरणले उपभोक्तामुखी सेवालाई ध्यान दिन निर्देशन दिए ।

त्यस्तै उनले कसैको दवावमा आएर वा कसैको मुख हेरेर काम नगर्न पनि प्राधिकरणलाई निर्देशन दिएका छन् । अबको प्रतिस्पर्धा डाटामा हुने भएकाले प्राधिकरणले छोटो समयमा सहि डाटा दिन सक्नुपर्ने बताए । यो कुरामा प्राधिकरण चुके उपभोक्ता असन्तुष्ट हुने उनको भनाई छ । त्यस्तै प्राधिकरणले सहिठङ्गले काम गरे मन्त्रालयबाट कुनैपनि हस्तक्षेप नहुने उनले जानकरी गराए ।

त्यस्तै प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले सुचना प्रविधिको विद्यमान युगमा विकास भैरहेको प्रविधिको अधिकतम उपभोग गरी नेपालका सम्पूर्ण उपभोक्तमा सहज र सुलभ दुरसञ्चार सेवाको उपलव्धता होस् भनी प्राधिकरणले काम गरिरहेको बताए । उनले ग्रामीण क्षेत्रका उपभोक्ताले पनि सहरी क्षेत्रकै उपभोक्ताले सरह सेवा प्राप्त गर्न पाउने गरी प्राधिकरणरणले काम गरिरहेको जानकारी दिए । कार्यक्रममा दीर्घ सेवा प्रदान गरेका कर्मचारीहरुलाई दिर्घ सेवा पदक प्रदान गरिएकको थियो भने उत्कृष्ठ कर्मचारीको रुपमा प्राधिकरणका निर्देशक अम्बर स्थापीतलाई सम्मान प्रदान गरीएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x