Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

गुडविलको २ लाख ५० हजार कित्ता ऋणपत्र निष्कासन आगामी २८ गते

गुडविलको २ लाख ५० हजार कित्ता ऋणपत्र निष्कासन आगामी २८ गते

काठमाडौं, २० फागुन । गुडविल फाइनान्स लिमिटेडले ७ वर्षका लागि फागुन २८ गते २ लाख ५० हजार कित्ता ऋणपत्र निष्कासन गर्ने भएको छ । फाइनान्सले १२ प्रतिशत व्याजदर भएको प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यका “१२% गुडविल फाइनान्स लिमिटेड डिबेन्चर २०८३” २५ करोड रुपैयाँको ऋणपत्र निष्कासन गर्न लागेको हो । जसमा १ लाख ५० हजार कित्ता अर्थात् १५ करोड रुपैयाँको ऋणपत्र व्यक्तिगत तगवरबाट र १ लाख कित्ता अर्थात् १० करोड रुपैयाँको ऋणपत्र सर्वसाधारणलाई सार्वजनिक निष्कासनबाट बिक्री गरिने छ ।

सार्वजनिक निष्कासनबाट बिक्री गरिनेमध्ये ५ हजार कित्ता ऋणपत्र सामुहिक लगानी कोषका लागि छुट्याइएको छ । उक्त ऋणपत्रको बिक्री प्रवन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । ऋणपत्र निष्कासन बन्द छिटोमा चैत २ गते र ढिलोमा चैत्र १२ गते तोकिएको छ । उक्त ऋणपत्रलाई ईक्रा नेपालले मध्यम कर्जा जोखिम जनाउने ‘ईक्राएनपीएल डबल बी’ रेटिङ्ग प्रदान गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x