Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

एनआईसी एशिया बैंकमा मुद्दती खाता खोल्दा २१ लाखको बीमा सुविधा

एनआईसी एशिया बैंकमा मुद्दती खाता खोल्दा २१ लाखको बीमा सुविधा

काठमाडौं, २० फागुन । एनआईसी एशिय बैंककले मुद्दती खातामा उच्च ब्याजदर सँगै २१ लाख रूपैयाँसम्मको बीमा सुविधा पनि दिँदै आएको छ । सर्वाधिक उच्च ब्याजदर पाइने खाताको रुपमा चिनिएको मुद्दती निक्षेप खातामा एन आई सी एशिया बैंकले न्यू सुपर चमत्कारिक मुद्दती निक्षेप खाता खोलेकै आधारमा बीमा सुविधा पनि थप गरेको हो । यसअघि विभिन्न अविस्वासनीय सुविधाहरु दिदै आएको बैंकको व्याक्तिगत मुद्दती खातामा ग्राहक महानुभावहरूको लागि तीन विभिन्न अतुलनिय बीमा सुविधा दिएको छ ।

बैंकले ग्राहकहरुको सुविधाको लागि न्यू सुपर चमत्कारिक मुद्दती निक्षेप खाता मार्फत जीवनमा आईपर्न सक्ने अकल्पनीय जोखिमको भरपाई गर्न २१ लाख रुपैयाँसम्मको चमत्कारिक बीमा सुविधा दिएको छ । बैंकले खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रुपमा अशक्त भएमा १० लाख रूपैयाँसम्मको बीमा सुविधा दिएको छ । यस्तै, ग्राहकमहरुले १८ घातक रोगहरुको लागि १० लाख रूपैयाँसम्म र १ लाख रूपैयाँसम्मको औषधी उपचार बीमा सुविधा पाउन सक्ने छन् । ग्राहक सिकिस्त विरामी भइ अस्पतालमै भर्ना हुनुपर्ने अवस्था आएमा बैंकले ८० हजार रुपैयाँसम्म बीमाबाटै खर्च दिने जनाएको छ ।

बैंकले ल्याएको विभिन्न निक्षेप योजनामा हालसम्म १ सय २ जना ग्राहकले ६० लाख रुपैयाँभन्दा बढीको बीमा रकम प्राप्त गरिसकेको बैंकले जनाएको छ । यस न्यू सुपर चमत्कारिक योजना अन्तर्गत बैंक स्वयंले उक्त बीमा सुविधा बापत लाग्ने बीमा शुल्क (प्रिमियम) सम्झौता गरको एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडलाई सम्झौताअनुरुप भुक्तानी गरिदिने छ । जसले गर्दा ग्राहकले कुनैपनि अतिरिक्त शुल्क खर्च नगरि १४ हजार रुपैयाँको सेवा लिन सक्ने छन् ।
न्यूनतम १ लाख वा सो भन्दा बढीको मुद्दती निक्षेप खातामा १२ लाख ५० हजार रूपैयाँसम्म बीमा सुविधा प्राप्त गर्न सकिने बैंकले जानकारी दिएको छ ।

बैंकले खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रुपमा अशक्त भएमा १० लाख रूपैयाँसम्मको बीमा सुविधा दिएको छ । यस्तै, ग्राहकले १८ घातक रोगहरुको लागि २ लाख रूपैयाँसम्म र ५० हजार रूपैयाँसम्मको औषधी उपचार बीमा सुविधा पाउन सक्ने छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x