Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

महासंघको नेतृत्वमा बसेर पुलको काम गर्नेछु : उपाध्यक्ष ढकाल

महासंघको नेतृत्वमा बसेर पुलको काम गर्नेछु : उपाध्यक्ष ढकाल

बागलुङ, २१ फागुन । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आफू महासंघको नेतृत्वमा रहेर व्यवसायी, स्थानीय सरकार र केन्द्रबीच पुलको रुपमा काम गर्ने बताएका छन् । मंगलबार बागलुङ उद्योग वाणिज्य संघको ५६औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै ढकालले देशमा तीन तहको सरकार बनेपछि देखिएका दुविधाहरुमा सरकारसँग वार्ता र सम्वादमार्फत महासंघले समाधानका उपाय खोज्ने बताएका हुन् ।

उपाध्यक्ष ढकालले भने–‘तीन तहको सरकार बनेपछि नयाँ कानुन बनाउने क्रममा कतिपय नियम कानुनहरु सरोकारवालासँग छलफल नै नगरी आएकाले व्यवसायीहरुमा केही अन्योलता सृजना भएका छन् । सरोकारवालासँग छलफल नै नगरी, जानकारी नै नदिई आएका यस्ता कानुनहरु व्यवहारिक हुँदैनन् ।’ सरोकारसँग छलफल गरेर यस्ता कानुन ल्याउँदा कार्यन्वयनमा सहज हुने उनको भनाई छ ।

त्यसैगरी आफ्नो व्यवसायिक नेटवर्क सबै जिल्ला, नगरमा रहेकोले चुनावपछि नेतृत्वले जिल्लाका गुनासा नसुनेको भन्ने व्यवसायीको गुनासाहरु आफ्नो हकमा लागु नहुने पनि उनले स्पष्ट पारे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x