Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

नेप्से १४३५.७० को विन्दुमा, २ अर्ब ४५ करोडको कारोबार

नेप्से १४३५.७० को विन्दुमा, २ अर्ब ४५ करोडको कारोबार

काठमाडौं, २२ फागुन । साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार घटेर बन्द भएको छ । कारोबार सुरु भए देखि नै उतार चढावका बीच बजार ५.५० अंकले घटेर परिसूचक १४३५.७० विन्दुमा झरेको छ ।

बिहीबार कारोबारमा आएका १२ समूहको परिसूचक मध्ये विकास बैंक, फाइनान्स, माइक्रोफाइनान्स, जीवन बीमा र अन्य समूहको उपसूचक बढेको छ भने बाँकी ७ समूहको उपसूचक घटेको छ ।

सेयर कारोबार भने १ सय ७९ कम्पनीको २ अर्ब ४५ करोड रुपैयाँ भन्दा बढीको भएको छ ।

यस अवधिमा नेपाल लाईफ इन्स्योरेन्सको कारोबार सर्वाधिक भएको छ । इन्स्योरेन्सको ३७ करोड ८७ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । कम्पनीको सेयर मूल्य आज १ हजार २ सय ५१ रुपैयाँ रहेको छ । कारोबारकै आधारमा दोस्रोमा एनएमबि बैंक छ । बैंकको १२ करोड ६५ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

त्यस्तै सर्वाधिक कमाउनेमा भने मञ्जुश्री फाइनान्सका लगानीकर्ताहरु रहेका छन् । फाइनान्सको सेयर मूल्य आज १० प्रतिशतले बढेको छ भने सर्वाधिक गुमाउनेमा नेपाल हाइड्रो डेभलपर्स रहेको छ । सो कम्पनीको सेयर मूल्य भने ९.६९ प्रतिशतले घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x