Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

बैंकमा सुन निक्षेप राखेर कर्जा लिन पाईंने व्यवस्था लागु

बैंकमा सुन निक्षेप राखेर कर्जा लिन पाईंने व्यवस्था लागु

काठमाडौं, २२ फागुन । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा गरेको व्यवस्थालाई बिहीबारदेखि कार्यान्वयनमा ल्याएसँगै अब सुनलाई पनि निक्षेपको रुपमा बैंकमा राखेर कर्जा लिन पाईंने भएको छ । राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई परिपत्र जारी गर्दै सुनलाई समेत निक्षेपको रुपमा स्वीकार गर्न सकिने व्यवस्था गरेपछि यो बाटो खुलेको हो । परिपत्रअनुसार वाणिज्य बैंकहरुले ९९५ फिटनेस गुणस्तरको सुन निक्षेपको रुपमा स्वीकार गर्न पाउँनेछन् ।
बैंकहरुले कम्तीमा २५ ग्राम सुन निक्षेपको रुपमा लिन सक्नेछन् ।

त्यसरी निक्षेपको रुपमा सुन स्वीकार गर्दा सो सुनको शुद्धता र तौल एकीन गरी निक्षेपकर्तालाई प्रमाणपत्र दिनुर्पे व्यवस्था गरिएको छ । त्यसरी प्रमाणपत्र दिँदा सुनको साँवा परिणाम, शुद्धता, निक्षेपको ब्याजदर, निक्षेपको अवधि र निक्षेपको सावा र ब्याज फिर्ता सुनमा लिने कि नगदमा भन्ने उल्लेख गर्नुपर्ने व्यवस्था समेत गरिएको छ । यस्तो निक्षेप कम्तीमा ३ वर्षदेखि बढीमा ५ वर्ष हुनसक्ने व्यवस्था गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x