Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

कोरोना संक्रमण : भ्रमण बर्षको नियतिमा सरकार र व्यवसायी

कोरोना संक्रमण : भ्रमण बर्षको नियतिमा सरकार र व्यवसायी

शिव अधिकारी

छिमेकी मुलुक चिनबाट फैलिएको कोरोना भाईरस संक्रमितहरुको प्रभाव पछिल्लो केही सातायता युरोप,अमेरिका देखी दक्षिणपूर्वी एसियासम्म आईपुगेको छ । केही साताअघि दक्षिणी छिमेकी भारतमा समेत कोरोना संक्रमितको मृत्यु भएसँगै यसको पुष्टी भैसकेको छ । नेपालको उत्तरी छिमेकी चिनमा उत्पती भएर भारतमा समेत संक्रमितको मृत्यु भैसक्दा नेपालमा भने आधिकारिक रुपमा संक्रमितहरुको पुष्टी भैसकेको छैन । यसको मतलब खुल्ला सिमानाका बाबजुत नेपाल आजको मितिसम्म कोरोनाबाट सुरक्षित नै छ ।

तर भ्रमण बर्ष मनाउँदै गरेका हामी नेपालीहरुका लागी आम्दानी घट्ने र पर्यटन क्षेत्रले सोचेजस्तो व्यापार गर्न नसक्ने स्थीति कोरोनाको उपजका रुपमा हामीसामु आईपुगेको छ । व्यापारभन्दा बढि पहिले हामी बाँच्न जरुरी छ, किनकी पर्यटकहरु हामी जिउँदो रहँदा सम्म हाम्रो कलासंस्कृति र भुगोलको अवलोकन गर्न आउने हुन, हाम्रो अस्तीत्व बिना फगत कंक्रिट भुगोलसँग नेपाल भ्रमण बर्षको कुनै सम्बन्ध छैन । भन्न खोजिएको के भने, नेपाल भ्रमण बर्ष मनाउँदै गर्दा २० लाख पर्यटक भित्राउने हाम्रो योजनामा ठेस लागेको सत्य हो, तर हाम्रा छिमेकी मुलुकमै कोरोनाको उत्पति र अर्कोतर्फ संक्रमितको मृत्यु भैरहँदा हामीले व्यापार मात्रै सोच्यौ भने त्यो ईतिहाँसकै गम्भिर त्रुटि हुन सक्छ । बिश्वका राष्ट्रहरुले कोरोना प्रभावित मुलुकहरुसँगको हवाई तथा स्थल आवतजावत बैधानिक ढंगले बन्द गरिरहँदा नेपाल भने सामान्य थर्मोमिटर निधारमा टस्याएर कोरोनाबाट सुरिक्षत देखाउन लागिपर्दा आगामी दिनका लागि घातक हुनसक्छ ।

स्वभाविक रुपमा कोरोनाका कारण पर्यटकहरुको आवतजावत कम भैसकेको छ, यसको सिधा असर पर्यटन व्यावसायमा नै पर्ने हो, तर सरकार सिमा नाकालाई कडाई गर्न छाडेर बिद्यालयको बार्षिक परिक्षा क्यालेण्डर चैत्र ५ गतेभित्रै सक्न निर्देशन दिएर हतास मानसिकतामा राजधानी छाडेर गाँउ जान प्रेरित गर्ने स्थीतिमा पुगेको छ । हिजो भुकम्प जाँदा यहाँ हुने बाताबरणीय असर कम गर्न गाँउ पठाएको अभ्यास कोरोनासँग दाँज्नु मुर्खता हो । हिजो भुकम्पको असर काठमाण्डौमा बढि थियो, बाहिरी जिल्लामा कम । तर अहिले देखा नै नपरेको कोरोनाबाट बच्न राजधानी खाली गराएर समाधान खोज्न तिर लाग्नु र सिमा नाकामा मनलाग्दी आवतजावत छाड्नु सावधानीसँग कहीकतै मेल खाँदैन । सामान्य नागरिकले सोच्न सक्ने कुरा बिज्ञ सहितको सरकारी संयन्त्रको दिमागमा प्रवेश नहुनु ‘संसार ध्वस्त हुँदैछ भनेर बच्नको लागि जथाभावी कुद्ने झुण्ड मानसिकताको लोकोक्ति भन्दा पर छैन ।’


गर्नुपर्ने के त ?
सबैभन्दा पहिला उत्तरी र दक्षिणी दुबैतर्फका सिमानाका स्वास्थ्य सजगताका शिर्षकमा अर्को व्यवस्था नभएसम्मका लागि बन्द गर्नु जरुरी छ । अथवा बिषेषज्ञ सहितको आधुनिक उपकरण मार्फत यसको जाँच हुन जरुरी छ । भ्रमण बर्ष मनाउँदै गर्दा सिमा बन्द गर्ने कुरा अपाच्य लाग्ला, तर हामी बाँचे मात्र व्यापार र संस्कृतिको प्रचार हुने हो भनेर सरकार र पर्यटन व्यावसायी दुबैले बुझ्न जरुरी छ ।

सामाजिक सञ्जाल र हल्लाको खेति
बिश्वव्यापी रुपमा कोरोना बिशाल समस्या भईरहँदा नेपाल आजका मितिसम्म सुरक्षित नै छ । तर खुल्ला सिमाका कारण संक्रमितको प्रवेश हुने संभावना पनि उक्तिकै छ । यसमा सजगता अपनाउनु जरुरी छ । तर पछिल्लो समय बजारमा कोरोनाको हवाला दिदै सम्बन्ध नै नराख्ने शिर्षकहरुमा व्यक्तिको ध्यान मोडिएको छ । बजारमा अहिले नुन, तेल, ग्याँस लगायतको अनावश्यक जोहो गर्न सर्वसाधरण तल्लीन छन, यसले मुद्राको अपचलन त बढाएको छ नै, सर्वसाधरणमा अनावश्यक आतंक श्रृजना भएको छ । अरुको देखासिकीकै भरमा भद्धा रुपमा मास्कको खरिद बिक्री भैरहेको छ, यसमा सरकारको उपस्थीति देखिदैन । सामाजिक सञ्जालमा जथाभावी आतंक श्रृजना गर्ने काम भईरहँदा सरकारले स्पष्ट निति ल्याएर त्यस्तो प्रबृत्तिमाथि कडा प्रहार गर्न जरुरी छ ।

पर्यटन क्षेत्र र व्यावसायी
कोरोनाको प्रचारसँगै नेपाल सुरक्षित छ भनेर सरकारले भन्न नसक्नु र सामाजिक सञ्जाल प्रयोगकर्ताहरुको लापरबाहीलाई नियन्त्रण गर्न नसक्नुले यसको सिधा असर पर्यटन क्षेत्रलाई परेको छ । भ्रमण बर्ष मनाउँदै गरेको समयमा समेत नेपाल सुरक्षित छ, भनेर भन्न नसक्दा औषत पर्यटक पनि नेपालमा यतिखेर छैनन । यसमा सरकारी प्रचारशैलीले काम नगरेको स्पष्ट छ । मिसन २०२० लाई केन्द्रित गरेर पर्यटन क्षेत्रमा आएका धेरै पर्यटन व्यावसायीहरु सटर बन्द गर्न बाद्य हुन थालेका छन, यदि उनीहरुलाई जोगाउन नसकेको खण्डमा नेपालको पर्यटन २० बर्ष पछि धकेलिने निश्चीत छ, दुर्भाग्य त्यो स्थीति मिसन २०२० सँग जोडिन नपुगोस । सरकारको सक्रियता र व्यावसायीको धैर्यता कायम रहोस । शुभकामना ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x