सेञ्चुरी कमर्सियल बैंक र होटल अथीतीबीच छुट दिने सम्झौता

काठमाडौं, २२ फागुन । सेञ्चुरी कमर्सियल बैंक र होटल अथीतीबीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धि सम्झौता भएको छ । बैंकले कोहलपुरमा रहेको उक्त होटलसँग आफ्ना क्रेडिट र डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरुलाई १० प्रतिशत छुट दिने सम्झौता गरेको हो । सम्झौताअनुसार बैंैकको क्रेडिट र डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरुले होटलको सेवा सुविधामा १० प्रतिशतसम्म छुट पाउने बैंकले जनाएको छ ।

उक्त सम्झौतापत्रमा बैंकका बासगढी शाखा प्रबन्धक प्रदीप खरेल र होटल अथीतीका प्रबन्ध निर्देशक नर बहादुर ओलीले हस्ताक्षर गरेका हुन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *