बाँकेमा ८ किलो चाँदी बरामद

काठमाडौं, २३ फागुन । बाँके जिल्ला नेपालगञ्ज उपमहानगरपालिका वडा नं १० प्रहरी कार्यालयले अवैधरुपमा भारतबाट नेपाल ल्याउदै गरेको चाँदी बरामद गरेको छ । विशेष सूचनाको आधारमा कार्यालय प्रमुख (प्रहरी निरीक्षक) हरि बहादुर बस्नेतको टोलीले भारतको रुपैडिया नाकाबाट नेपाल भित्र्याउदै गरेको ८ किलो ३ सय ७६ ग्राम अवैध चाँदी बरामद गरेको हो ।

भारत बस्ने २७ वर्षिय अलिम सल्मामीले भारतीय नम्बर प्लेटको युपि ३२ जेपि ३८८८ नम्बरको पल्सर मोटरसाइकलको ट्याकिंमा उक्त चाँदी लुकाई नेपाल भित्र्याउन लागेको प्रहरीले जनाएको छ। उनलाई नियन्त्रणमा लिई आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको प्रहरी निरीक्षक बस्नेतले बताए ।

पछिल्लो समय प्रहरीले निकै सक्रियताका साथ तस्करी र शंकास्पद व्यक्ति माथि निगरानी बढाएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *